2026-07-09 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ खनाललाई प्रश्न- तपाईँ इलाम २ मा उपनिर्वाचन लड्न तयार हो ?

चैत ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूको इलाम २ मा चुनाव लड्ने तयारी हो ? भन्ने जिज्ञासामा उनले गठबन्धनले साझा उम्मेदवार बनाए तयार रहेको बताए ।


उनले भने- यसअघिको चुनावमा इलामले मलाई फुर्सद दिएको छ । अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट वामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्था छ । उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए सोच्न सकिन्छ ।

इलाम-२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङको निधनपछि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा इलाम १ बाट पराजित खनालले गठबन्धनबाट साझा उम्मेदवार बन्ने गृहकार्य गरिरहेका छन् । नेकपा एसले पनि उपनिर्वाचनको विषयमा गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरिसकेको छ ।

गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा छ । यद्यपि, रवि लामिछाने नेतृत्वको रास्वपाले गठबन्धनमा भए पनि एक्लै चुनाव लड्ने निर्णय गरेर आन्तरिक तयारी थालिसकेको छ । भने अन्य दलले कुनै निर्णय गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो