2026-07-09 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करी प्रकरण- कृष्णबहादुर महरामाथि कारबाहीको विषयमा के भन्छ माओवादी ?

चैत ८, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउने भन्ने विषयमा माओवादी केन्द्रले अहिलेसम्म कुनै निर्णय गरेको छैन । उपाध्यक्ष महरा पक्राउ परेपछि सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका थिए ।

एक पदाधिकारीका अनुसार बैठकले सुन प्रकरणमा नाम जोडिएर पक्राउ गरेर अनुसन्धान थालिसकेपछि पार्टीबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।

त्यही विषयमा बैठकस्थलबाटै महरालाई प्रचण्डले फोन गरेर राजीनामाको विषयमा जानकारी गराएका पनि थिए । तर, अहिलेसम्म उपाध्यक्षको राजीनामा नआएको महासचिव देव गुरुङले बताए ।

उनले भने, ‘उहाँको राजीनामाको विषयमा अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन । अध्यक्षकहाँ आएको भए थाहा हुने कुरा भएन ।’ केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले पनि अहिलेसम्म त्यसबारेमा थप कुनै निर्णय पार्टीले नगरेको बताए ।

उनले भने, ‘पदाधिकारी बैठकमा छलफल भएको थियो त्यसपछि विषयमा थप छलफल भएको छैन । त्यसैले अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

तर, महराको विषयमा छलफल गर्न बसेको पदाधिकारी बैठकमा गम्भीर छलफल भएको भन्दै चाँडै निष्कर्षमा पुग्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए ।

महरा पक्राउको परेपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो तथ्यले पुष्टि गर्ने भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा कसैलाई काखा कसैलाई पाखा नगरेको दाबी गरेका थिए ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा भनेका थिए, ‘सरकारको पहिलो प्राथमिकता सुशासन रहेको र सुशासन कायम गर्न कुनै कुरामा सम्झौता नहुने कुरा मैले बारम्बार व्यक्त गर्दै आएको छु । सुशासनको संकल्प लिएर नै अघि बढेपछि ठूलाठूला भ्रष्टाचार सुन तस्करी, जग्गा हिनामिना लगायतको काण्डहरु छानबिन भइरहेको र यसलाई झनै प्रभावकारी बनाइँदै अघि बढेको तथ्य पनि जानकारी गराउँछु । त्यसमा मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन । त्यो कुरा हालैको घटनाले पनि पुष्टि गरेको छ ।’

पक्राउ परेका महरासँग सीआइवीले बयान लिइसकेको छ । स्वास्थ्यमा समस्या भएको भन्दै पक्राउ परेदेखि नै महरा नर्भिक अस्पतालमा ल्याएर भर्ना भएका थिए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो