2026-07-09 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन: ओली

चैत ९, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीले सो कुरा बताएका हुन्।


नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भनेका छन्, ‘होइन।’

शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको ओलीले बताएका छन्।

‘समसामयिक विषयमा प्रधानमन्त्रीजीसँग राम्रो कुरा भयो,’ उनले भेटपछि सञ्चारकर्मीसँग भने।

मोर्चाका संयोजक समेत रहेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार साँझ ओलीसँग भेट गरेका थिए। भेटमा उनले समाजवादी मोर्चामा सहभागी हुन आग्रह गरेका थिए।

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराउने निर्णय गरेको थियो। सो बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो