१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ- राष्ट्रपति पौडेल

११ चैत्र २०८०, आईतवार ०४:५५

चैत ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका छन् । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्- 'नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।'

राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो नेपाल नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम लिलाबल्लभ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो