2026-07-09 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

चैत ११, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् ।

होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’


रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताएका छन् । ‘हिजो जे वाचा गरेर भोट मागेका थियौं, एक-एक बुँदा याद गरेर बसेका छौं,’ लामिछानेले भने, ‘त्यही वाचा सम्झेर काम गर्न र जनताको गुण तिर्न सरकारमा गएका हौं ।’

लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्यूँत्याएको बताए । उनले भने, ‘अब जुनसुकै विषयमा जोकोही जोडियो भने पनि जोगिनेवाला छैन, परिणाम हेर्दै जानुस् ।’

गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे । उनले भने ‘केही परिणाम तपाईंहरूले देखिसक्नुभयो, केही देखिनेवाला छन् । सुशासनको रफ्तार कसैगरी रोकिनेवाला छैन ।’

उनले नागरिकको सेवा गर्नकै लागि सरकारमा गएको बताएका छन् । लामिछानेले भने, ‘नयाँ हौं, पुरानासँग टाढै बसेर चोखो बन्ने छुट पनि थियो । तर जोखिम मोलेरै सरकारमै गएका छौं । सरकारमा गएर गरेका कामको आधारमा आगामी निर्वाचनमा भोट माग्नेछौं ।’ उनले १२ लाख जनताले दिएको भोटको गरिमा कायम राख्नेगरी काम गर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो