३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

९ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस युनियनको सुदुरपश्चिम क्षेत्रिय सम्मेलन सम्पन्न

५ कार्तिक २०७३, शुक्रबार १५:४८

ललित बोहरा/कर्तिक ५ ,डडेल्धुरा । नेपाल प्रेस युनियनको सुदुरपश्चिम क्षेत्रिय सम्मेलन ९ बुदेँ घोषणा पत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन सुदूरपश्चिमाञ्चल समन्वय समिति र नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको आयोजनामा क्षेत्रिय सम्मेलन डडेल्धुरामा सम्पन्न भएको हो । सम्मेलनको उद्धघाटन सत्र र बन्द सत्रमा गरि मुलभूत ३ वटा बिषयबस्तुमा रहि छलफल गरिएको प्रेस युनियनका सुदूरपश्चिम क्षेत्रिय संयोजक लाल बहादुर ऐरीले जानकारी दिनु भएको छ । आवाज

    बिशेषगरि मुलभूत ३ वटा बिषयबस्तुमा सुदूरपश्चिममा चलिरहेको प्रेस युनियनको सङ्गठनात्मक गतिबिधिका बारेमा आवश्यक छलफल र अन्र्तक्रिया गर्दै भावि कार्ययोजना बनाउन, नेपाल प्रेश युनियनले बिगतका दिनहरुमा उठाएका मुद्धाहरुका बिषयमा दबाब सिर्जना गर्न र समग्र सञ्चार क्षेत्रका सञ्चारकर्मीका पेशागत मुद्धाका बिषयमा धारणा बनाउन लगायतका बिषयमा छलफल गरिएको सुदूरपश्चिम संयोजक ऐरीले बताउनु भयो । 

    ९ बुदेँ घोषणा पत्रमा सुदूरपश्चिमको समग्र बिकास, श्रमजिवि पत्रकार ऐन कार्यान्वयन, श्रमजिवि पत्रकारका हकहितका कुराहरुमा जोड, संविधान कार्यान्वयन मार्फत मुलुकलाई स्थीरता तर्फ लैजान दबाब सिर्जना गर्ने र सुदूरपश्चिमको आर्थिक, सामाजिक, शैक्षिक बिकासका लागि सरकार सगं माग गर्ने लगायतका बिबिध बिषयबस्तुहरु समेटिएका छन ।    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल बिद्यार्थी सघंका केन्द्रीय अध्यक्ष नैन सिंह महर, सुदुरपश्चिमाञ्चलका नौँ वटै जिल्लाका १० शाखाका पदाधिकारी, क्षेत्रिय पदाधिकारी, केन्द्रिय पदाधिकारी एवं पार्षदको सहभागिता रहेकोे थियो । 

फोटो -पत्रकार छत्र साउदको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’