2026-07-09 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीबाट इलाम २ मा धिरेन शर्माको नाम सिफारिस

चैत १९, विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका लागि उम्मेदवारको रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलाम जिल्ला कमिटीले एक जनाको नाम सिफारिस गरेको छ ।

यस अघि उमेद्वारको रूपमा ४ जनाको नाम सिफारिस भएकोमा पुनः भएको सिफारिसमा धिरेन शर्मा रमणको मात्रै नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटीले शर्मालाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ । माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारको रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।


जिल्लाले पठाएको एकल नाम प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुनेछ । वैशाख १५ गते हुने उप निर्वाचनमा माओवादीले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेको छैन । यस्तै कांग्रेसले पनि उम्मेदवारको नाम टुङ्गो लगाउन सकेको छैन ।

कांग्रेसबाट उम्मेदवार बन्न इलाम २ का लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेका तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनेका छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट साझा उम्मेदवार डाकेन्द्र सिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो