2026-07-09 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविमाथिको आरोपबारे रास्वपाले भन्यो : व्यक्तिमाथिको प्रहारप्रति हाम्रो आपत्ति छ

चैत २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले कुनै प्रष्ट र कानूनी आधार नभएको विषयमा आफ्ना सभापति रवि लामिछानेमाथि व्यक्तिगत प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधवार झाले प्रायोजित सूचनाको आधारमा पत्रकारले लेखेकै भरमा व्यक्तिमाथि लाञ्छना लगाइएको बताएका हुन् ।


‘सदनमा बोल्न पाउनुपर्छ । तर सदनमा निराधार र व्यक्तिमाथि लाञ्छना लगाउन पाइँदैन । कानूनले पनि यस्तो अधिकार दिएको छैन । प्रहरीले भनिसक्यो, प्रधानमन्त्रीले धारणा राखिसक्नुभयो । प्रहरी चौकीमा उजुरी परेको छ । तर दर्ता भएको छैन । प्रायोजित रुपमा पत्रकारलाई लेख्न लगाइएको छ । आरोप छ । सूचना छैन ।  निष्कर्ष छैन । व्यक्तिमाथि गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ । कानूनसम्मत जाउ, प्रक्रियागत रुपमा जाऊँ । कति कुण्ठा पालेको ? यस्तो राजनीति नगरौं’, उनले भने, 'समस्या सुशासन नभएर हो । पब्लिक सर्भिस डेलिभरी नभएर हो ।'

सुशासनको लागि रास्वपा दलको स्थापना भएको उनले बताए । सबै भ्रष्टाचारको छानबिन गर्न पनि उनले माग गरे ।​​

भष्ट्राचारको फाइल खोल्दा सबै दलका शीर्ष नेता र आफ्नो दलको सभापतिमाथि पनि छानबिन गर्दा आपत्ति नहुने उनले बताए ।

तर व्यक्तिमाथि एकपक्षीय ढंगले उत्रिनु उचित नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो