2026-07-09 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदहरूलाई ओलीको निर्देशन- अनुमति बिना विदेश नजानू

बैशाख ३, काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरूले विभिन्न कार्यक्रममा जान सक्ने बताए ।

विगतमा सांसदहरूले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरूले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरू संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पनि पार्टीका सांसदहरू सावधानी अपनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जबाफदेही नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो