Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम-२ र बझाङमा मतदान शुरु

२०८१, १५ बैशाख शनिबार ०२:४२

बैशाख १५, काठमाडौँ | इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । 

निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।  

इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।

बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।

उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील

इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।

प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ । 

निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार  ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी  परिचालन गरेको छ । 

प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ