Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम-२ मा १५ सय बढी मतगणना हुँदा कांग्रेसको अग्रता, मुढा तेस्रोमा हुँदा घण्टी चौथो (अपडेट)

२०८१, १६ बैशाख आईतवार ०९:२५

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना भइरहेको छ। 

हालसम्मको गणनामा नेपाली कांग्रेसका डम्बर खतिवडा अगाडि देखिएका छन्। दोस्रोमा नेकपा एमालेका सुहाङ नेम्बाङ छन् भने तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बू भने प्रारम्भिक मतपरिणाममा चौथो स्थानमा छन्।

इलामको फाकफोकथुम गाउँपालिकाका मतपेटिका खोलेर गणना सुरू गरिएको हो। फाकफोकथुमको वडा नम्बर १ र २ बाट गणना थालिएको छ।

अहिले वडा नम्बर १ को मतगणना गरिएको हो। 

बिहान बसेको सर्वदलीय बैठकमा क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति जुटेको थियो।

कुल मत: १५३९

डम्बर खड्का ()- ६५७

सुहाङ नेम्बाङ (एमाले)- ५३४

डकेन्द्रसिंह थेगिम (स्वतन्त्र, मुढा)-  १८७ 

मिलन लिम्बु (रास्वपा)- ११५

आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि करिब १२ बजेबाट मतगणना सुरु गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्। 

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्।

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।क्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुनबहादुर शाही, डकेन्द्रसिंह थेगिम लिम्बू, डाकप्रसाद बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज वश्याल उम्मेदवार छन् । 

१८ जना उम्मेदवार भए पनि मुख्यतः एमालेका सुहाङ, कांग्रेसका खड्का, रास्वपाका लिम्बू र स्वतन्त्र उम्मेदवार थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ