२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजीनामा पछि महन्थ भेट्न पुगे उपेन्द्र, के भयो कुराकानी ?

२०८१, ३१ बैशाख सोमबार ०७:१५

बैशाख ३१, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा पठाएर उनी सिधै लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्नका लागि उनको निवास पुगेका हुन् ।

भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ । जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्रले फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ । कांग्रेस, नेकपा (एस) र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर अध्यक्ष यादव लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग माग्न पुगेको स्रोतको भनाई छ ।


छलफलका क्रममा यादवले आफ्नो पार्टी माओवादी र एमालेले मिलेर विभाजन गराएको गुनासो गरेका थिए । ‘यादवजीले मधेसमा लोसपा र जसपा मिलेर जानुपर्छ भन्ने कुरा राख्नुभयो,’ महन्थ ठाकुरनिकट एक नेताले बताए ।

जवाफमा लोसपाका अध्यक्ष ठाकुरले यादवलाई भनेको कुरा उद्धृत गर्दै तीन नेताले भने, ‘अहिले तपाईंले हस्ताक्षर गरेको गठबन्धन छ । दुईवटा गठबन्धन वा सहकार्य कसरी हुन्छ ? हामी त त्यो गठबन्धनमा छैनौँ नि ।’ त्यसपछि अध्यक्ष यादवले आफूले सरकारबाट राजीनामा तथा समर्थन समेत फिर्ता लिइसकेपछि गठबन्धनमा बसे/नबसेको कुनै औचित्य नरहने धारणा राखेका थिए । 

अध्यक्ष उपेन्द्र यादवले राखेको प्रस्तावमा अध्यक्ष ठाकुरले कुनै प्रतिबद्धता नजनाएको पनि ती नेताको भनाई छ । 

यता, लोसपाका महासचिव मनिष मिश्रले दुई अध्यक्षबिच समसामयिक विषयमा कुराकानी भएको बताए । मधेस सरकार, केन्द्र सरकार, गठबन्धनलगायतको विषयमा कुराकानी भएको तर कुनै ठोस निष्कर्ष भने ननिस्केको उनले बताए ।

जसपा नेपालबाट बाहिरिएपछि अशोक राईको नेतृत्वमा अर्को पार्टी बनिसकेको छ । पार्टी विभाजन भएपछि फरक ढङ्गले राजनीतिक घटनाक्रम अगाडि बढेका छन् ।

मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिइसकेपछि त्यहाँ अर्को नयाँ सत्ता समीकरण निर्माण तयारी चलिरहेको छ । हिजो माओवादी, लोसपा, जनमत र एमालेका नेताहरूले एकसाथ हात मिलाएको फोटो सार्वजनिक गरेर नयाँ गठबन्धनको सङ्केत गरेका थिए ।

तर अहिलेसम्म नयाँ गठबन्धनको कुनै कुरा नभएको लोसपाका महासचिव मिश्रले बताए । उनले भने, ‘मधेस प्रदेशमा पार्टीका साथीहरूले व्यक्तिगत भेटघाटमा कुनै ऐक्यबद्धताको बारेमा कुराकानी गर्नुभएको हो । तर अहिले नै त्यहाँ कुनै गठबन्धन बनेको छैन ।’ 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ