२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद खनाल र कांग्रेस प्रमुख सचेतक लेखकबिच भेटवार्ता, के भयो कुराकानी ?

२०८१, ३१ बैशाख सोमबार ०७:३०

बैशाख ३१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद शिशिर खनालले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर लेखकलाई भेट्न खनाल सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कांग्रेस लिएको अडानबारे खनालले लेखकसँग छलफल गरेका हुन् । खनालले सहकारी ठगीमा संसदीय समिति गठनको मागमा आफ्ना पार्टी सभापति लामिछानेमाथि केन्द्रित नभई दिन आग्रह गरेका थिए । 

‘हामी संसदीय छानबिन समिति गठनमा सकारात्मक छौँ । रवि लामिछानेमाथि नै केन्द्रित संसदीय छानबिन समिति नभनिइदिनुस् । समग्र सहकारी ठगीका विषयमा समिति बनाउन हामीलाई समस्या छैन । रवि लामिछानेका लागि मात्र समिति बनाएको नदेखियोस्,’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

छलफलमा लेखकले समग्र सहकारी ठगी प्रकरणमा लामिछानेको विषयलाई प्रवेश गराएर एउटै समिति गठन गर्न सकिने जवाफ दिएका थिए । कांग्रेस नेताहरूले संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका नेताहरू सकारात्मक देखिन्छन् । संसदीय छानबिन समिति गठनको विपक्षमा उभिएर एमालेले द्वन्द्व सिर्जना गर्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा