११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद खनाल र कांग्रेस प्रमुख सचेतक लेखकबिच भेटवार्ता, के भयो कुराकानी ?

३१ बैशाख २०८१, सोमबार ०७:३०

बैशाख ३१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद शिशिर खनालले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर लेखकलाई भेट्न खनाल सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कांग्रेस लिएको अडानबारे खनालले लेखकसँग छलफल गरेका हुन् । खनालले सहकारी ठगीमा संसदीय समिति गठनको मागमा आफ्ना पार्टी सभापति लामिछानेमाथि केन्द्रित नभई दिन आग्रह गरेका थिए । 

‘हामी संसदीय छानबिन समिति गठनमा सकारात्मक छौँ । रवि लामिछानेमाथि नै केन्द्रित संसदीय छानबिन समिति नभनिइदिनुस् । समग्र सहकारी ठगीका विषयमा समिति बनाउन हामीलाई समस्या छैन । रवि लामिछानेका लागि मात्र समिति बनाएको नदेखियोस्,’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

छलफलमा लेखकले समग्र सहकारी ठगी प्रकरणमा लामिछानेको विषयलाई प्रवेश गराएर एउटै समिति गठन गर्न सकिने जवाफ दिएका थिए । कांग्रेस नेताहरूले संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका नेताहरू सकारात्मक देखिन्छन् । संसदीय छानबिन समिति गठनको विपक्षमा उभिएर एमालेले द्वन्द्व सिर्जना गर्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह