११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टर्कीको राष्ट्रसंघ कार्यालयमा जागिर लगाइदिने भन्दै ४ करोड ३४ लाख ठग्ने पक्राउ

३१ बैशाख २०८१, सोमबार ०७:५४

बैशाख ३१, काठमाडौँ | टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।


उनी कास्कीको पोखरा महानगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनले मासिक १४५० डलर तलबको प्रलोभन देखाएर १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका थिए ।

प्रहरीका अनुसार उनले भारतमा एजेन्टलाई भेटाएर विश्वास दिलाएपछि नेपाल फर्किने गरेका थिए । भारतमा भेट्ने एजेन्टले होटेलमा छाडेर सम्पर्कविहीन भएपछि पीडितहरू नेपाल फर्केका हुन् ।

श्रेष्ठ विरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएका थिए । त्यसपछि दिल्ली पुर्‍याएर प्रतिव्यक्ति ३ लाखका दरले पैसा उठाएर फरार भएका थिए ।

श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । ठगेको रकमले श्रेष्ठले चाबहिलमा सालो सुजन भुजेलको नाममा चाबहिलका साढे ३ करोडमा घर किनेको भेटिएको छ । उनीहरू दुवैलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह