२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टर्कीको राष्ट्रसंघ कार्यालयमा जागिर लगाइदिने भन्दै ४ करोड ३४ लाख ठग्ने पक्राउ

२०८१, ३१ बैशाख सोमबार ०७:५४

बैशाख ३१, काठमाडौँ | टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।


उनी कास्कीको पोखरा महानगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनले मासिक १४५० डलर तलबको प्रलोभन देखाएर १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका थिए ।

प्रहरीका अनुसार उनले भारतमा एजेन्टलाई भेटाएर विश्वास दिलाएपछि नेपाल फर्किने गरेका थिए । भारतमा भेट्ने एजेन्टले होटेलमा छाडेर सम्पर्कविहीन भएपछि पीडितहरू नेपाल फर्केका हुन् ।

श्रेष्ठ विरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएका थिए । त्यसपछि दिल्ली पुर्‍याएर प्रतिव्यक्ति ३ लाखका दरले पैसा उठाएर फरार भएका थिए ।

श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । ठगेको रकमले श्रेष्ठले चाबहिलमा सालो सुजन भुजेलको नाममा चाबहिलका साढे ३ करोडमा घर किनेको भेटिएको छ । उनीहरू दुवैलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा