११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति

२ जेष्ठ २०८१, बुधबार ११:२०

जेठ २, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरी दमन र धरपकडप्रति आपत्ति जनाएको छ ।

पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा रहेका छन् । धरपकडमा अपाङ्गता भएका केही व्यक्तिहरु घाइते भएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।


मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै आन्दोलन संयोजक विकास थापा लगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्तिहरु पक्राउ परेका र अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको नेपाली कांग्रेस घोर भत्सर्ना र निन्दा गरेका छन् ।

विगत केही महिना अघि दीपक भण्डारी सहित अपाङ्गता भएका व्यक्तिहरूको धर्ना र आन्दोलन पश्चात नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवा सम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत २ हप्तादेखि पुन अनसनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेको तर्फ नेपाली कांग्रेसले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकार आफैले सहमति गरेको तर कार्यान्वयन नगरेको सन्दर्भमा कार्यान्वयनको माग गर्दै अनिश्चितकालिन अनसनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न, शान्तिपूर्ण सडक आन्दोलनका क्रममा पक्राउ परेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल रिहाइ गर्न र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह