११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसद्मा बोलेलगत्तै राजीनामा दिने गृहमन्त्री लामिछानेको तयारी

३ जेष्ठ २०८१, बिहीबार ०८:०९

जेठ ३, काठमाडौँ । संसद्मा बोलेलगत्तै राजीनामा दिने गृहमन्त्री लामिछानेको तयारी, कांग्रेसले गिरिबन्धुको कुरा सदनमा नउठाउनेउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै सदनमा आफ्नो कुरा प्रष्ट पार्ने भएका छन् । आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिनको लागि प्रमुख प्रतिपक्षी दल तयार भएको हो ।

बैठक विहान ११ बजेको लागि बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग सघन छलफल गरेपछि र कांग्रेस सदन खुलाउन लचिलो बन्ने भएपछि सभामुख देवराज घिमिरेलाई फोन गरेर बैठक केही घण्टा पर सार्नको लागि आग्रह गरेका थिए ।

सोहीअनुसार सभामखुले प्रतिनिधिसभाको बैठक ४ बजेको लागि डाकेका छन् । बैठकमा गृहमन्त्री लामिछानेले बोल्ने बताईएको छ । सो क्रममा कांग्रेसको तर्फबाट कुनै अवरोध नहुने बुझिएको छ । प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीचको छलफलमा सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति बनाउने विषयमा समझदारी बनेको छ ।

प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई छानबिन समितिलाई १५ दिनको म्याद दिएर काम गर्न दिने र त्यतिञ्जेलसम्म जिम्मेवारीबाट अलग बस्न सुझाएका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावमा लामिछाने सकारात्मक रहेको बुझिएको छ । प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच यस्तो समझदारी बनेको हो भने लामिछानेले आजै संसद्मा आफ्नो सम्बोधन सकिएलगत्तै राजीनामा घोषणा गर्नसक्ने बुझिएको छ ।

यस्तै, गिरिबन्धु टि–स्टेटको विषयमा नेपाली कांग्रेसले सदनमा कुरा नउठाउने गरि दलहरुबीत समझदारी बन्न लागेको छ । उक्त प्रकरणमा सर्वोच्च अदालतको फैसला आइसकेकोले कांग्रेसले सो विषय सदनमा प्रवेश नगराउनेगरि बालुवाटारमा समझदारी बनेको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह