११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कार्यदलको बैठक निष्कर्षविहीन

६ जेष्ठ २०८१, आईतवार ११:३५

जेठ ६, काठमाडौं । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।  सिंहदरबारमा आइतबार विभिन्न चरणमा बसेको कार्यदलको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम समावेश गर्ने नगर्ने भन्ने सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नभएपछि कार्यदलको बैठक निष्कर्षविहीन बनेको हो ।  

बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक सहमतिको नजिक पुगेपनि टीओआर टुंग्याउन बाँकी रहेको जानकारी दिए। बर्तौलाले कांग्रेसले लामिछानेमाथि मात्र केन्द्रित भएकाले विषय नटुंगिएको बताए। उनले आजको प्रतिनिधि सभाको बैठकपश्चात पुन कार्यदलको बैठक बस्ने बताए। उनले आज गृहमन्त्रीले कांग्रेसले उठाएको प्रश्नको जवाफ दिने र बैठक स्थगित हुने बताए।

उनले बचत कर्ताको रकम अपचलन गरेका सबै सहकारीमाथि छानबिन हुनुपर्ने माग सत्ता पक्षको रहेको बताए। उनले २/४ वटा मात्र सहकारीमा समस्या नभएकाले सबै समस्याग्रस्त सहकारीका पीडितको माग पनि सरकारले सम्बोधन गर्नुपर्ने पक्षमा रहेको बताए। उनले कांग्रेसले माग गरेको संसदीय छानबिन समिति गठन गर्न तयार भएपनि कांग्रेस समग्र सहकारी पीडितलाई न्याय दिने पक्षमा नभएको बताए। 

कांग्रेस उपमहामन्त्री जीवन परियारले गृहमन्त्री लामिछाने छानबिनको दायरामा आउनुपर्ने अडान कायमै रहेको बताए। उनले सत्ता पक्षका दलहरु लामिछानेको नाम राखेर नै समिति बनाउन उपयुक्त नहुने भन्दै आइरहेको उल्लेख गरे। परियारले छानबिन गर्नुपर्ने व्यक्तिकै नाम नराखेपछि छानबिन समितिको अर्थ नहुने पार्टीको धारणा रहेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह