२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ- राप्रपा

२०८१, १० जेष्ठ बिहीबार ०२:०८

जेठ १०, काठमाडौँ । राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ ।

बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरूपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको भन्दै राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको बताएको छ । 

बैठकले राप्रपाको जेठ ११, १२ र १३ गते काठमाण्डौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि बृहद छलफल गरिएको छ । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङ्ले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन् । प्रस्तुत प्रतिवेदनहरुलाई सामान्य परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन