११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

११ जेष्ठ २०८१, शुक्रबार ०१:२४

जेठ ११, काठमाडौं | सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज पनि बस्दैछ।

कार्यदलको बैठक बिहान ८ बजेलाई तय गरिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिए। हिजो  निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको हो। 

उनले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफूहरुको अडान कायम रहेको बताएका छन्।  

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले क्षेत्राधिकारमा उनको नाम उल्लेख गर्नुपर्ने बताउँदै आएको छ।

सत्तापक्ष भने ती सहकारीका नामलाई अनुसूचीमा राखेर क्षेत्राधिकार तय गर्न सकिने बताएको छ। यसैमा कुरा मिल्न सकेको छैन।

यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो।

तर आजको बैठकमा सहमती हुन सक्ने अवस्था नरहेको परियारको भनाइ छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै सदनमा अवरोध गर्दै आएको कांग्रेसले सडकबाट पनि यो मुद्दालाई उठाउने भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह