2026-07-09 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अवरोध जारी रहे अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ: एमाले

जेठ १३, काठमाडौँ । सत्तापक्षले प्रतिपक्षीको अ रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी गरेको छ । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै बजेट ल्याइने बताए ।

उनले भने, ‘कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीले नाराबाजीका बीचबाट पनि.. नाराबाजीले डिस्टर्व र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ । अरू बाटोमा जान्दैनौँ ।’

उनले प्रमुख प्रतिपक्षसँग सहकार्य र सहमतिकै माध्यमबाट अघि बढ्ने पक्षमा आफूहरू रहेको बताए । तर, कांग्रेसको अडान सम्भव हुने खालको नभएको बर्तौलाको टिप्पणी छ ।

‘कांग्रेसको अडान सरकारमा नरहँदाको पीडाबोध मात्र हो । सरकारभन्दा बाहिर कांग्रेस रहन सक्दैन भन्ने योबीचको अवस्थाले देखाउँछ,’ उनले भने, ‘यति महत्त्वपूर्ण छलफल भइरहँदा अशिष्ट र अमर्यादितरुपमा कांग्रेस पेश भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो