११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली यी चार कारणले संसदीय छानबिनमा रविको नाम लेख्न चाहँदैनन्: विश्वप्रकाश शर्मा

१३ जेष्ठ २०८१, आईतवार १०:२७

जेठ १३, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चार कारणले गर्दा सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्न तयार नदेखिएको बताएका छन्।

काठमाडौंको प्रदर्शनीमार्गमा 'सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरूद्ध' कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै शर्माले ओलीले रविको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन चाहेको दाबी गरेका हुन्।


‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनु हुन्छ,’ उनले भने, ‘यसका चार कारण छन्।’

शर्माका अनुसार पहिलो कारण सत्ताको गणित हो। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार टिकाउन लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको साथ आवश्यक रहन्छ। संसदमा रास्वपाका २१ सांसद छन्।

दोस्रो रविलाई देखाएर एमाले पार्टी पङ्तिलाई जोगाउने ध्यानमा अध्यक्ष ओली रहेको शर्माको भनाइ छ। एमालेका कतिपय नेताहरू पनि सहकारी प्रकरणमा जोडिएको चर्चा भइरहेका छन्।

तेस्रो भने सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरीबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली रहेको शर्मा बताउँछन्।

चौथो भने दीर्घकालीन रहेको उनले बताए। त्यो मिसन ०८४ सँग सम्बन्धित रहेको शर्माले बताए। ओलीले नयाँ दललाई अर्को चुनावसम्म कमजोर बनाउन खोजेको पनि शर्माको भनाइ थियो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी बचत ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सदनमा यो माग उठाइरहेको कांग्रेस आइतबारदेखि सडकबाट पनि सरकारलाई दबाब दिँदैछ।

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीसहित सत्ता पक्ष तयार भए पनि यसको कार्यादेशमा सत्ता र प्रतिपक्षीबीच कुरा मिलेको छैन। कांग्रेसले कार्यादेशमै रवि लामिछानेको नाम राख्न अडान राखेको छ भने एमाले र रास्वपाले व्यक्ति केन्द्रित समिति बनाउन नहुने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह