२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सन्दीपलाई भिसा दिन/नदिने अधिकार नितान्त दूतावासको हो:- प्रवक्ता शर्मा

२०८१, १८ जेष्ठ शुक्रबार १०:५४

जेठ १८, काठमाडौँ । सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको जानकारी दिएको छ। सरकारकी प्रवक्ता रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई सकारले पहल गरे पनि भिसा दिने नदिने अधिकार दूतावासको भएको बताइन्।

'क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको हो,' उनले भनिन्। 


परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदासमेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो। गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रोपटक भिसा 'रिजेक्ट' भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले पनि विज्ञप्ति जारी गरेर सरकार र आईसीसीले समेत समन्वय गर्दासमेत सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको स्पष्ट पारेको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले सन्दीप लामिछाने नेपालको १५ सदस्यीय स्क्वाडमा राखेको जानकारी गराउँदासमेत भिसा नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

टी-२० विश्वकपको समूह डीमा रहेको नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दैछ। नेपालको पहिलो खेलमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन