११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सन्दीपलाई भिसा दिन/नदिने अधिकार नितान्त दूतावासको हो:- प्रवक्ता शर्मा

१८ जेष्ठ २०८१, शुक्रबार १०:५४

जेठ १८, काठमाडौँ । सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको जानकारी दिएको छ। सरकारकी प्रवक्ता रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई सकारले पहल गरे पनि भिसा दिने नदिने अधिकार दूतावासको भएको बताइन्।

'क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको हो,' उनले भनिन्। 


परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदासमेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो। गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रोपटक भिसा 'रिजेक्ट' भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले पनि विज्ञप्ति जारी गरेर सरकार र आईसीसीले समेत समन्वय गर्दासमेत सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको स्पष्ट पारेको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले सन्दीप लामिछाने नेपालको १५ सदस्यीय स्क्वाडमा राखेको जानकारी गराउँदासमेत भिसा नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

टी-२० विश्वकपको समूह डीमा रहेको नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दैछ। नेपालको पहिलो खेलमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह