११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डा. महतको प्रश्न- विदेशबाट आउने आलु-प्याजको भ्याट हटाएर स्वदेशी उत्पादन कसरी संरक्षण हुन्छ ?

२० जेष्ठ २०८१, आईतवार ०९:२८

जेठ २०, काठमाडौँ ।  पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब  आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन् ।


उनले भने- '१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन ।'

बजेटमाथि टिप्पणी गर्दै उनले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।  

उनले भौतिक मन्त्रालयलाई  १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको बताउदै  सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको बताए ।

साथै उनले अर्थमन्त्रीले आलू, प्याज र स्याउसहितका फलफुलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए । उनले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह