जेठ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन्।
आज बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन् रास्वपाका सांसदहरू राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद भवन पुगेका हुन्।
आज हुने टी-२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेलमा नेपालको समर्थनका लागि टोलीको जर्सी लगाएर संसद भवन पुगेका हुन्।
बैठक पूर्व उनीहरूले सामूहिक तस्बिर खिचाउँदै आफूहरूले नेपाली टोलीको समर्थनका लागि सो जर्सी लगाएको बताए।
समूह ‘डी’को पहिलो खेल नेपाल र नेदरल्याण्डबीच आज राति ९:१५ बजेदेखि सुरू हुँदैछ।