२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अग्नि सापकोटाविरुद्धको व्यक्ति हत्या सम्बन्धी मुद्दामा असार १२ गते फैसला

२०८१, २३ जेष्ठ बुधबार १२:३४

जेठ २३, काठमाडौँ | सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको व्यक्ति हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी असार १२ गते फैसला दिने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले आज सुनुवाइ सकेपछि फैसला सुनाउने मिति असार १२ गतेलाई निर्धारण गरेको हो ।

काभ्रे निवासी अर्जुन लामाको हत्यामा संलग्न रहेको अभियोगसहित पूर्वसभामुख सापकोटाविरुद्ध व्यक्ति हत्यासम्बन्धी मुद्दा दायर भएको थियो ।

अर्जुनकी श्रीमती पूर्णिमायाले पतिको हत्यामा नेता सापकोटा, काभ्रेकै माओवादी नेता सूर्यमान दोङसहित संलग्न रहेको दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।

यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए ।

त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको थियो । तर अब सर्वोच्चले सुनुवाइ नै सकेर अन्तिम निर्णयको मिति नै तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन