जेठ २४, काठमाडौं | मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा जारी रहेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शनिबारदेखि हुने भारत भ्रमणबारे अनुमोदन गर्ने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन् ।
उनले मन्त्रिपरिषद् बैठकमा उक्त भ्रमण कार्यक्रमबारे छलफल गर्ने भएका छन् । त्यस्तै बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुनसक्ने एक मन्त्रीले जनाएका छन् |
मोदीले आफूले तेस्रो कार्यकाल सम्हाल्न लागेको भन्दै प्रचण्डलाई बुधबार फोन गरेर शपथ ग्रहण समारोहमा सहभागिताका लागि निम्तो दिएका थिए ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।