कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिल"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत जिल्लाको विकासलाई ओझेलमा पर्न दिन्नँ, ‘प्रधानमन्त्री’

१० कार्तिक २०७३, बुधबार ११:३३

कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिले ओझेलमा पर्ने गरेको तपाईहरुको भनाईमा गहिरो मर्म लुकेको छ । तपाईहरुले विभिन्न मन्त्रालयमा पेश गरेका योजनाहरुलाई सरकारले प्राथमिकतामा राख्नेछ । तपाईहरुले पारदर्शी रुपमा जनताको हितमा समर्पित भएर काम गर्नुहोला ।’
नयाँ सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन । हामी गरीबको पक्षमा राजनीति गरेर आएका हौं । विगतमा आफ्नो वर्गको सेवा गर्ने कुरामा हामी अलिकति चुकेका छौं । यसपटक वास्तविक गरीबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ । यो अभियान गरीबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरीबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’
भेटमा प्रधानमन्त्रीले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’
भेटमा माओवादी केन्द्र पर्वतका नेत्रनाथ अधिकारी, कृष्ण पराजुली, दीपक आचार्य, मनरुपा सुवेदी, ढाकाराम गौतम लगायतका नेताहरुले पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न, शहिद परिवारहरुलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न, विकास निर्माणलाई दुरदराजसम्म लैजाने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’