२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

२०८१, ३० जेष्ठ बुधबार ११:५५

जेठ ३०, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

मन्त्री भण्डारीले बेलायती राजदूतसंगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको लागि ठोस प्रयास हुने विश्वास व्यक्त गरे । 

मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको भन्दै त्यस पश्‍चातको केही वर्षको लागि डिसीटिएस अन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताको लागि पहल गरिदिन आग्रह गरे ।

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्नको लागि उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारको लागि समेत भेटमा अनुरोध गरेका छन् । 

‘अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिवद्ध छ ।  हामी उद्योग,जलविद्युत र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव,ज्ञान,सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’ मन्त्री भण्डारीले भेटमा भने । 

भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे । उनले भेटमा नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाति मुलुक भएको भन्दै नेपाल र विश्व वजारको विचमा आफुले सेतुको भुमिका खेल्ने बताए । 

भेटमा बौद्धिक सम्पति संरक्षण तथा प्रवद्र्धन र द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा पनि समेत छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन