११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग

३१ जेष्ठ २०८१, बिहीबार ०७:२९

जेठ ३१, काठमाडौं । नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरी व्यवस्था गर्न समेत माग गरेका छन् ।

उनले भनेका छन्- 'राष्ट्रिय परिचयपत्र अथवा पञ्जीकरण विभागले आगामी वर्षका लागि सामाजिक सुरक्षाको भत्ताका लागि नवीकरणका सर्कुलर पठाएको छ । त्यसमा दुईवटा नयाँ शर्तहरू थपेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र साउनमा बायोमेट्रिक दुवै गरिनुपर्छ भनेको छ । आज देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरुमा अपांगता, बिरामी ८०/ ९०/ १०० वर्षका ज्येष्ठ नागरिकहरूका सन्तानले विभिन्न विधि अपनाएर यी तीनै कार्यालयमा जेष्ठ नागरिकलाई पुर्‍याइरहेका छन् । त्यहाँ ठूलो चाँप छ ।'

उनले अगाडी भनेका छन्- 'राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने क्रममा कहि अनलाइन भयो । कही अफलाइन भयो । अफलाइन भएको ठाउँमा रेकर्डेड छैन । फेरि नम्बर खोजेर वडा कार्यालयमा कायम गर्नुपर्छ । फेरि त्यसलाई प्रमाणित गर्न जिल्ला प्रशासन कार्यालय वा सीडीयो कार्यालयमा जानुपर्छ । यो परिस्थितिले अपांग,ज्येष्ठ नागरिक र बिरामीहरूको अवस्था दयनीय भएको छ। यसकारण म सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु। परिचय पत्र नम्बर राख्नु राम्रो कुरा छ । तर, त्यस्तो पूर्व तयारीबेगर आज जुन सामाजिक आतंक सृजना भएको छ। अपांगता,बिरामी, ज्येष्ठ नागरिकहरूले दु:ख पाइरहेका छन्।'

नेता पोखरेले हरेक घरघरमा  टोली पठाएर  ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले भने,' परिचयपत्रको व्यवस्थापन गरेर ,घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरी यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्ष गराउन चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह