गण्डकीमा फ्लोर क्रस गरेका सांसद देवकोटालाई कारबाही सिफारिस

Posted on: 14 Jun, 2024

जेठ ३२, काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।

जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ।

नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेर जितेका थिए ।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको दाबी गर्दै आएका छन् । 

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटालाई माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटा अहिले गण्डकीमा उर्जा मन्त्री बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!