प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी

Posted on: 16 Jun, 2024

असार २, काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ । आज तीन मन्त्रालयका विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय रहेका छन् ।

त्यस्तै आज व्यवस्थापन कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल अन्तर्गत निम्न  सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश  गर्ने कार्यसूची रहेको छ ।

१- रामहरी खतिवडाले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँगरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२- डा. अमरेश कुमार सिंहले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ

गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- प्रेम सुवालले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्'

भनी खर्च कटौतीकोप्रस्ताव प्रस्तुत गर्ने ।

४- मुक्ता कुमारी यादवले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- राजेन्द्र प्रसाद लिङदेनले 'विनियोजन विधयेक, २०८१ अन्र्तगत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६- रोशन कार्कीले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

७- श्यामकुमार घिमिरेले 'विनियोजन विधये क, २०८१ अन्र्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!