११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको चियापानमा प्रचण्डले बजाए घण्टी, कुन कुन नेता पुगे ?

७ असार २०८१, शुक्रबार १०:०५

असार ७,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।


चियापानमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रास्वपाको चुनाव चिह्न घण्टी बजाएका छन् ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रचण्डले विभिन्न स्टलहरूको पनि अवलोकन गरेका छन्।

चियापानका क्रममा रास्वपा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग प्रचण्डले संवाद पनि गरे । विभिन्न नेपाली उत्पादनका स्टलमा प्रचण्डलाई उपप्रधानमन्त्री लामिछानेले घुमाए ।


त्यसक्रममा प्रचण्डले रास्वपा कार्यालयमा राखिएको ठूलो आकारको घण्टी पनि बजाए । रास्वपाले दलका रुपमा दर्ता हुने क्रममा निर्वाचन आयोगबाट यही घण्टी चुनाव चिह्न पाएको हो ।

रास्वपाले घण्टी चुनाव चिह्न लिएर पहिलो पटक चुनावमा उठ्दा प्रचण्डकै गृहजिल्ला चितवन र काठमाडौंसहित देशका २० वटा निर्वाचन क्षेत्र २०७९ मा जितेको थियो ।

चियापानमा देउवा, माधव नेपाल, माधव नेपाल रामहरि खतिवडा, महन्त ठाकुर, प्रधानमन्त्री , नारायणकाजी श्रेष्ठ , देवेन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, धबलशमशेर राणा, कमल थापा, सिके राउत, राष्ट्रिय सभा अध्यक्षलगायतका नेता उपस्थित भएका छन् ।

चियापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन् । चियापानमा सबै पार्टीलाई निम्तो गरिएको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से