२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब

१० असार २०८१, सोमबार ०८:१६

असार १०, काठमाडौं | गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।

५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो।

गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो।

एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदैछन्। त्यही रातबाट एआइजी हुने गरी पोखरेल सिफारिस भएका छन्।

उनी पनि २२ गते रातिबाट अवकाशमा जान्छन्। एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन भने गृहमन्त्री रवि लामिछानेको जोडबल हो।

यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ। त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्‍याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ।

स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्छन्। पोखरेललाई एआइजी बनाउन सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइएको छ।

लोहनी उनै अधिकारी हुन्, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गरेका थिए।

पोखरेल लोहनीका साँढुभाइ हुन्। दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्‍याउनकै लागि मात्रै हो।

प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च छ। अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न चाकडी र मरिहत्ते चल्ने गरेको छ।   

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत् पोखरेल प्रहरी कार्यसम्पादनमा औषत मानिन्छन्।

बढुवा समितिमा सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार अमेरिका जाँदैछन्। आफू अमेरिका जानुअघि उनले पोखरेललाई एआइजी सिफारिसमा सहमति दिएका हुन्।

कुँवर र गृहमन्त्री लामिछानेको सम्बन्ध हार्दिक छैन। कुँवरलाई नै हटाउने योजनामा लामिछाने लागिपरेका छन्।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन