२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्ञानेन्द्र शाहीको प्रश्नमा जवाफः ‘नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

११ असार २०८१, मंगलवार ०७:४१

असार ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा उनले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिएका हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकाले सो मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको छ ।


संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानबहादुर शाहीले रुसी सेनामा नेपालीहरु भर्ती भएको बारे चासो राख्दै ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ?’ भनी प्रश्न राखेका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा अहिले प्रचण्ड भन्ने मान्ने प्रधानमन्त्री रहेको बताए । उनले रुसी सेनामा भर्ती हुन सरकारले कुनै अनुमति नदिएको पनि बताए । सरकारले अनुमति नदिएको रुसमा गएर सेनामा नेपालीहरु भर्ती हुँदैगर्दा आफूले उद्धारका लागि विशेष चासो दिएको पनि प्रधानमन्त्री प्रचण्डले भने । उनले रातको १२ बजेसम्म रुसी सेनाको मोर्चामा रहेका नेपालीहरुसँग कुरा गरेको र उद्धारका लागि रायसमेत लिएको बताए ।

‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । त्यसो भएको हुनाले सरकारले पठाएर त रुसी सेनामा गएका होईनन् नेपाली नागरिक । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद् कुरा हो । म अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु । राति १२ बजे रुसी सेनाको मोर्चामा भएका, लडाइको मोर्चामा भएका नेपालीसँग मैले कुरा गरेको छु ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरुलाई फिर्ता ल्याउनेबारे उनीहरुको रायसमेत लिएको छु । त्यस्तो प्रधानमन्त्री, कुनै दिन तपाईँ हुनुभएछ भने हेर्नुहोला तपाईँ कति गर्नुहुन्छ ? म पनि हेर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ