११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपालाई सहकारी ठगीबाट रविलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : विश्वप्रकाश शर्मा

११ असार २०८१, मंगलवार ११:४३

असार ११,  काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सभापतिलाई सहकारी ठगीबाट जोगाउने चिन्तामा रहेको पार्टीले देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् । 


‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने,’ महामन्त्री शर्माले भने, ‘एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’

उनले नेकपा एमाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टि–स्टेट प्रकरणबाट जोगाउन लागिपरेको पनि आरोप लगाए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री दाहालको ध्यान गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै रहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ,’ शर्माले भने, ‘प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से