२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ र घनश्यामबीच छलफल, अध्यक्ष नेपाललाई मिलेर चुनौती दिने तयारी

२०८१, १२ असार बुधबार १०:४७

असार १२,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।

यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबि गरिएको छ । खनाल र भुसाल एक ठाउमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ । औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उनले भुसाललाई अगाडी सार्ने रणनीति बनाएको बुझिएको छ ।


असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो । करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।

महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ ।

तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन