२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा महामन्त्रीको प्रतिवेदनः पुराना दलभन्दा बालेनसँग मिल्नु ठिक, नत्र पार्टी विवेकशीलजस्तो बन्छ

२०८१, १२ असार बुधबार ११:४३

असार १२,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन् । दोस्रो उपनिर्वाचनपछि एक महिने यात्रामा निस्किएका महामन्त्री ढकालले ११ बुँदामा प्रतिवेदन तयार पारेका हुन् ।

उनले प्रतिवदेनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्षसहितको प्रतिवेदन आज साँझ ६ बजे पार्टी मुख्यालय, वनस्थली च:मतीमा पार्टी सभापति रवि लामिछानेलाई बुझाउँदैछन् ।

महामन्त्री ढकालले प्रतिवेदनमा अर्को आवधिक निर्वाचनअगावै बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायतसँग सहमति-सहकार्यमा रहनुपर्ने उल्लेख गरेका छन् ।

३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन्। 

यस्तै पार्टी अब सही दिशामा अगाडि नबढे ‘विवेकशील साझा पार्टी’को नियतिबाट गुज्रिनुपर्ने हुनसक्ने उल्लेख गरेका छन् । विवेकशील साझा पार्टी अहिले अस्तित्वमा छ तर, जनतामाझ पुग्न सकिरहेको छैन ।

भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने उनको भनाइ छ। प्रतिवेदनमा ढकालले महाभारतको उदाहरण दिंदै आफूले देखेको वास्तविक कुरा बताउँदा आफ्नो पद नै गएपनि पार्टीको लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उल्लेख गरेका छन्। 

आफूलाई आफ्नो पार्टीको माया र चिन्ता रहेको भन्दै उनले आगामी राजनीतिक जीवनको लागि घातक नै भएपनि वास्तविक कुरा बाहिर ल्याएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन