२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टीआरसी विधेयक बारे प्रमुख दलबीच जुटेन सहमति

२०८१, १४ असार शुक्रबार ०३:१०

असार १४, काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति नभएको हो ।

कानुन मन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरुमा निकट भविष्यमै सहमति जुटेर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरु सहभागी थिए ।

बैठकपति संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन