११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१६ असार २०८१, आईतवार ०३:२२

असार १६, काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कार्यसूची: 

१. 'आर्थिक विधेयक, २०८१' माथि छलफल हुने ।

२. 'आर्थिक विधेयक, २०८१' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३. अर्थ मन्त्री वर्षमान पुनले-

(क) 'आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

४. 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

५. अर्थ मन्त्री वर्षमान पुनले:-

(क) 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) 'भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

६. 'भन्सार महसुल विधेयक, २०८१' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

७. अर्थ मन्त्री वर्षमान पुनले 'भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु