११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजदूतका लागि रास्वपाबाट ७ जना अन्तिम सूचीमा

१७ असार २०८१, सोमबार ०३:३९

असार १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको २ जना राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार गरिएको छ । रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको थियो । यसमध्येबाट ७ जनाको अन्तिम सूची तयार गरिएको पार्टीले जानकारी दिएको हो ।

यसबाट नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको पार्टीले बताएको छ। अन्तिम सूचीमा रहेका व्यक्तिहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम पेश गर्न पार्टी सभापति लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्। यस समितिले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग आवश्यक परामर्श गर्नेछ।

रास्वपाले विभिन्न ७ मापदण्ड तय गरी राजदूत बन्न इच्छुकलाई आवेदन दिन भनेको थियो।

सरकारले गत असार ७ गते ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ। राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु