११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एसको अध्यक्षमा माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा निश्चित

१७ असार २०८१, सोमबार ११:१२

असार १७, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने तय भएको हो ।

माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । ‘जसको नीति उसकै नेतृत्व’ का लागि भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएको अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् ।


अध्यक्षका अर्का दाबेदार झलनाथ खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि घनश्याम भुसाललाई खनाल पक्षका नेताहरूले साथ दिएका हुन् । यद्यपि माधव नेपालले उनलाई महासचिवमै दोहोरिन प्रस्ताव गरेका छन् ।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले भने माधव नेपाल र झलनाथबीच सहमति भएरै खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेको भन्दै भुसाललाई उनको समर्थन नहुने दाबी गरे । तर, खनालनिकट नेताहरू भुसालको पक्षमा लागिसकेका छन् ।

नेकपा एसको आगामी नेतृत्वका लागि बुधबार निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु