२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एसको अध्यक्षमा माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा निश्चित

२०८१, १७ असार सोमबार ११:१२

असार १७, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने तय भएको हो ।

माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । ‘जसको नीति उसकै नेतृत्व’ का लागि भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएको अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् ।


अध्यक्षका अर्का दाबेदार झलनाथ खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि घनश्याम भुसाललाई खनाल पक्षका नेताहरूले साथ दिएका हुन् । यद्यपि माधव नेपालले उनलाई महासचिवमै दोहोरिन प्रस्ताव गरेका छन् ।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले भने माधव नेपाल र झलनाथबीच सहमति भएरै खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेको भन्दै भुसाललाई उनको समर्थन नहुने दाबी गरे । तर, खनालनिकट नेताहरू भुसालको पक्षमा लागिसकेका छन् ।

नेकपा एसको आगामी नेतृत्वका लागि बुधबार निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन