९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?

१९ असार २०८१, बुधबार ०७:४६

असार १९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 

सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछी बोलेका सबै कुराहरू । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलिहरुको अभिलेखिकरणका लागी । अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला ।

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ । यो अङ्कको कुरो होइन ? लोकतान्त्रिक मुल्य र मान्यताका कुरा हुन् ? सत्य र असत्यको कुरा हो । देउवा ओलि र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला । उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोहि छैनन् होला तर के ती सहि छन् त सभापति ज्यू ? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग कम्पेयर गर्ने ? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौंला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन । राजनेता बन्न पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापति ज्यू, समीक्षा गर्नुहोस् ।

सभापति ज्यू, झिँगासँग उडियो भने 'गूमा पुगिन्छ । मौरीसँग उड्यो भने 'मह'मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं ।

मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरु कोहि पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खाली सच्चिनु अघि केहि गल्तीहरु गरे होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा