१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षामन्त्री श्रेष्ठमाथिकाे दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान सुरू

२१ असार २०८१, शुक्रबार ०८:४३

असार २१, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान अघि बढेको छ । मन्त्री श्रेष्ठले दोहोरो नागरिकता प्रयोग भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको छ ।

बिहीबार पत्र आएपछि सतर्कता केन्द्रमा छलफल गरेर अनुसन्धान गर्ने तयारी गरेको राष्ट्रिय सतर्कता केन्द्र स्रोतले बताएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको भन्ने उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो । उनीसँग नेपाली र युरोपियन मुलुक पोल्याण्डको दोहोरो नागरिकता रहेको आरोप लागेको छ।

शिक्षामन्त्री श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेकी छन् । राजनीति र सार्वजनिक नियुक्तिमा विदेशी नागरिकता, पिआर लिएकालाई नियुक्ति नदिन अख्तियारले सरकारलाई निर्देशन समेत दिएको थियो ।

श्रेष्ठलाई धेरै समय पहिलेदेखि दोहोरो नागरिकता राखेको आरोप लाग्दै आए पनि उनले भने उक्त आरोप अस्वीकार गर्दै आएकी छन् । केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सोही प्रकरण झिक्दै शिक्षामन्त्री श्रेष्ठप्रति 'नेपाल घुम्न आएकी मन्त्री पो भइन्' भनी टिप्पणी गरेका थिए ।

त्यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक समेत रहेका काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठको दोहोरो नागरिकता रहेको भन्दै परेको उजुरीमाथि पनि सतर्कता केन्द्रले छानबिन थालेको छ । डा श्रेष्ठसँग अमेरिकाको पीआर रहेको भन्दै उनीविरुद्ध पनि उजुरी परेको थियो। उनीहरुको उजुरी अख्तियारमा परेपछि थप अध्ययनका लागि केन्द्रमा पठाएको केन्द्र स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु