४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचलित कानुन विपरीत निलम्बन गरियो- डा. मुकुल ढकाल

२१ असार २०८१, शुक्रबार ०९:४८

असार २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाएका छन् ।

ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो ।

ढकालले विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार आफुलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउदै स्पष्टीकरणको जवाफ नै नपढी कारवाहि गरिनु दुराषयपूर्ण रहेको बताएका छन् । 

उनले भनेका छन्- 

स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर , स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ? 

राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिइ कारवाहि गर्न दिँदैन । तर राज्यको प्रचलित कानुन विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको , र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुन पर्नेमा , त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनको साटो, राजनीतिक कारवाहि अनुरूप लिएको छु   । विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारवाही गरिनु दुराषयपूर्ण छ , अलोकतान्त्रिक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ