असार २२, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले बताए |
बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो |
एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ।