१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसद्‌मा सांसद विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि…

२४ असार २०८१, सोमबार ०६:३७

असार २४, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा काण्डले धोती खुस्किएको भनेपछि रास्वपाका सांसद मनिष झाले नियमापत्ति गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद विकले गृह मन्त्रालयले भ्रष्टाचारका फायल खोल्न एक्सनमा उत्रेपछि ठुला दल मिल्न लागेको भनेर गरेको टिप्पणीको प्रतिवादमा उत्रने क्रममा सकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताएकी थिइन् । 


‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’, उनले प्रश्न गर्दै भनिन्, ‘सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’ विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाएका थिए । 

उनले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गरे ।  ‘११ नम्बर बुँदाअनुसार धोती शब्द संसद्मा बोल्न पाइँदैन’, त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु