२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुलमाथि कारबाहीपछि रास्वपाका केन्द्रीय सदस्य गणेश ‘हर्षित’, रविलाई दिए बधाई

२०८१, २५ असार मंगलवार ०९:४८

असार २५, काठमाडौँ । पार्टी महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरि कारबाही गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछाने मुकुल क्लबबाट निस्किएर पूर्ण स्वतन्त्र भएको धारणा सार्वजनिक गरेका छन्।

पार्टीले कारबाही गरे लगत्तै मुकुलले पार्टीलाई रवि क्लबबाट मुक्त गर्न सक्रिय रहने बताएका थिए। त्यसको काउन्टरमा कार्कीले लेखेका छन्’ मुकुल क्लबबाट निस्किएर पूर्णरुपमा स्वतन्त्र हुने बाटोमा लाग्नु भएकोमा बधाई छ, सभापतिज्यू!’

उनले पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति नतमस्तक हुनुको कारण खोज्दा नभेटिने गरेको भन्दै विधान अनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनु, त्यसको स्वामित्व लिनुको सही भए पनि महामन्त्रीप्रतिको असीमित लगावले त्यस्तो मात्र नदेखिएको लेखेका छन्।

‘सभापतिलाई सिक्रीमा बाँधिएको हात्ती जस्तो देखिन्थ्यो। पार्टीतिरको त्यो सिक्री आज टुटेको छ। बन्द कोठाको चुकुल खुलेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

कार्की रास्वपामा सहभागी भएदेखि नै मुकुलप्रति आलोचक रहने गरेका थिए। समानुपातिक सांसद चयनको क्रममा उनी र दीपक बोहोरामध्ये एक चयन हुनुपर्ने भन्दै उनले महिलाबाट चयन भएकोमा त्यही बेलामा असन्तुष्टि व्यक्त गर्दै मुकुलको निजी जीवनमाथि प्रहार गरेका थिए।

मुकुलले पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएपछि बदलिएको आन्तरिक समीकरणमा उनी निरन्तर सामाजिक सञ्जालबाट मुकुललाई प्रहार गरिरहेका थिए।

सरकारमा सहभागिता लगायतका विषयमा समेत सामाजिक सञ्जालबाट पार्टीको निर्णयको विपक्षमा उभिने कार्की पार्टी सभापति लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी अनि सहकारीको रकम अपचलनबारे भने मौन देखिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन