१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रभावशाली नेतालाई सरकारमा पठाउने कांग्रेसको तयारी, यस्तो छ मन्त्री बन्नेको सूची

२७ असार २०८१, बिहीबार ०५:५४

असार २७, काठमाडौँ ।  नेपाली कांग्रेसले यसपाली प्रभावशाली नेतालाई मन्त्री बनाउने तयारी थालेको छ ।

वरिष्ठ र प्रभावशाली नेताहरूलाई नै सरकारमा पठाउने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ ।  सभापति शेरबहादुर देउवाले सबै खेमाका शीर्ष नेतालाई सहभागी गराउनेगरि छलफल चलाएको नेताहरुको दाबी छ ।

बुढानिलकण्ठ स्रोतका अनुसार, गगन थापा, प्रकाशमान सिंह, सशांक कोइरालामध्येबाटै सरकारमा जाने टोलीको नेतृत्व बनाउने सभापति देउवाको चाहना छ ।

गुटका नेतामा पनि सकेसम्म आफै जाने कसरतमा देखिन्छन् ।


महामन्त्री गगन थापा गृहमन्त्री लिएर सरकारको नेतृत्व गर्ने कसरतमा लागेका छन् ।

हालसम्मको गृहकार्य र छलफललाई आधार मान्दा गृह मन्त्रालयमा रमेश लेखककै सम्भावना बलियो देखिएको छ ।

पदाधिकारी तहकै कुनै नेताले गृहमन्त्रीको अडान छाडेनन् भने लेखक कानुनमन्त्री बन्नेछन् । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन पनि लेखकलाई कानुनमन्त्री बनाउनु पर्ने देउवाको चाहना छ ।

लेखकपछि यसपालिको सूचीमा नछुट्ने अर्को नाम हो आरजु राणा ।

नयाँ सरकारमा राणालाई परराष्ट्रमन्त्री बनाउन देउवा र एमाले अध्यक्ष केपी ओलीबीच मोटामोटी सहमति भइसकेको छ ।

महामन्त्री थापा मन्त्री नभए संस्थापन इतर खेमाबाट बद्री पाण्डेको सम्भावना पनि बलियो  छ । पाण्डे अहिलेसम्म मन्त्री बनेका छैनन् । उनी पार्टीको सहमहामन्त्री पनि हुन् ।

लुम्बिनीको प्रतिनिधित्व गराउन कांग्रेसले अर्का सहमहामन्त्री किशोरसिंह राठौरको नाम पनि अघि बढाएको छ ।

सशांक कोइरालाको कोटाबाट दीपक गिरीले मौका पाए भने राठौर छुट्न सक्छन् ।

सशांक आफै पनि सरकारमा जान इच्छुक भएकाले अन्तिममा गिरी र राठौर बाहिर हुन सक्छन् । कोइरालाले यसअघि पनि कृषि मन्त्री बन्ने चाहना राखेका थिए ।

कर्णालीबाट पूर्णबहादुर खड्काले जुम्लाकी सांसद कान्तिका सेजुवाललाई अघि सारेका छन् ।

गण्डकीबाट सहमहामन्त्री जीवन परियारको चर्चा भइरहेको छ ।

बागमतीबाट देउवा खेमाबाट दुर्लभ थापा, जितजंग बस्नेत र उदयशमशेर राणा पनि सरकारमा जाने कसरतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु