२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रभावशाली नेतालाई सरकारमा पठाउने कांग्रेसको तयारी, यस्तो छ मन्त्री बन्नेको सूची

२०८१, २७ असार बिहीबार ०५:५४

असार २७, काठमाडौँ ।  नेपाली कांग्रेसले यसपाली प्रभावशाली नेतालाई मन्त्री बनाउने तयारी थालेको छ ।

वरिष्ठ र प्रभावशाली नेताहरूलाई नै सरकारमा पठाउने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ ।  सभापति शेरबहादुर देउवाले सबै खेमाका शीर्ष नेतालाई सहभागी गराउनेगरि छलफल चलाएको नेताहरुको दाबी छ ।

बुढानिलकण्ठ स्रोतका अनुसार, गगन थापा, प्रकाशमान सिंह, सशांक कोइरालामध्येबाटै सरकारमा जाने टोलीको नेतृत्व बनाउने सभापति देउवाको चाहना छ ।

गुटका नेतामा पनि सकेसम्म आफै जाने कसरतमा देखिन्छन् ।


महामन्त्री गगन थापा गृहमन्त्री लिएर सरकारको नेतृत्व गर्ने कसरतमा लागेका छन् ।

हालसम्मको गृहकार्य र छलफललाई आधार मान्दा गृह मन्त्रालयमा रमेश लेखककै सम्भावना बलियो देखिएको छ ।

पदाधिकारी तहकै कुनै नेताले गृहमन्त्रीको अडान छाडेनन् भने लेखक कानुनमन्त्री बन्नेछन् । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन पनि लेखकलाई कानुनमन्त्री बनाउनु पर्ने देउवाको चाहना छ ।

लेखकपछि यसपालिको सूचीमा नछुट्ने अर्को नाम हो आरजु राणा ।

नयाँ सरकारमा राणालाई परराष्ट्रमन्त्री बनाउन देउवा र एमाले अध्यक्ष केपी ओलीबीच मोटामोटी सहमति भइसकेको छ ।

महामन्त्री थापा मन्त्री नभए संस्थापन इतर खेमाबाट बद्री पाण्डेको सम्भावना पनि बलियो  छ । पाण्डे अहिलेसम्म मन्त्री बनेका छैनन् । उनी पार्टीको सहमहामन्त्री पनि हुन् ।

लुम्बिनीको प्रतिनिधित्व गराउन कांग्रेसले अर्का सहमहामन्त्री किशोरसिंह राठौरको नाम पनि अघि बढाएको छ ।

सशांक कोइरालाको कोटाबाट दीपक गिरीले मौका पाए भने राठौर छुट्न सक्छन् ।

सशांक आफै पनि सरकारमा जान इच्छुक भएकाले अन्तिममा गिरी र राठौर बाहिर हुन सक्छन् । कोइरालाले यसअघि पनि कृषि मन्त्री बन्ने चाहना राखेका थिए ।

कर्णालीबाट पूर्णबहादुर खड्काले जुम्लाकी सांसद कान्तिका सेजुवाललाई अघि सारेका छन् ।

गण्डकीबाट सहमहामन्त्री जीवन परियारको चर्चा भइरहेको छ ।

बागमतीबाट देउवा खेमाबाट दुर्लभ थापा, जितजंग बस्नेत र उदयशमशेर राणा पनि सरकारमा जाने कसरतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन