१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घण्टी बजाउँदै, लौरो ठटाउँदै आएको देखेर कांग्रेस–एमाले मिले : रवि लामिछाने

३ श्रावण २०८१, बिहीबार १०:३९

साउन ३, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका दुई ठूला दल देशको स्वार्थका लागि रियलाइज गरेर एक नभएको ठोकुवा गरेका छन्। 

बिहीबार पार्टीले आयोजना गरेको नीति मन्थनलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले भागबन्डाको  राजनीति अझै मौलाउन सहयोग पुगेको बताए। 


‘हाम्रो जस्तो भागबन्डाको राजनीति, नियमक निकायमा नियुक्ति, संवैधानिक निकाय सबैतिर भागबन्डा चल्छ। सहि नीति लिएर अहिलेको सरकार बनेको भए गज्जब हुन्थ्यो,’ उनले भने, ‘अब एकपटक ठूला दल मिलेर देशका समस्या समाधान गर्न मुलुकको स्वार्थको लागि काम गर्नुपर्छ भनेर सरकार बनेको भए रिजल्ट दिन्थ्यो।’

उनले लौरो ठटाउँदै र घण्टी बजाउँदै स्वतन्त्रहरू निस्किएपछि कांग्रेस र एमाले मिलेको उनको भनाइ थियो। 

‘रियलाइजेसनको नतिजा अहिलको दुई ठूला दलको मिलनमा देखिँदैन। साँच्चै हामीले नराम्रो गरेकै कारणले भन्दा पनि यतबाट घण्टी बजाउँदै आए, उताबाट लौरा ठटाउँदै आए भनेर अहिले त मल्टिपार्टी होइन दुई पार्टी नै मिल्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति नै आइसकेको छ। त्यो रियलाइजेसनको कारणले भएको देखिँदैन,’ उनले भने। 

उनले कांग्रेस र एमालेको सत्ता सहकार्य अझै बढी खतरनाक हुनसक्ने पनि बताए। 

‘हामीले भागबन्डा गरेका होइनौँ। दुईवटा राजदूतको जुन कोटा छ त्यसमा देशबाट योग्य मान्छे जाउन् भन्ने हो,’ उनले भने, ‘हामीले राजदूत बन्नका लागि यो यो क्राइट एरिया हुनुपर्छ भन्ने स्पष्ट पारेका हौँ।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु