१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ, उपसभापति अर्याल भन्छन्- सत्यतथ्य बुझ्दैछौं

४ श्रावण २०८१, शुक्रबार ०७:३१

साउन ३ , काठमाडौं ।  आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिकरूपमा छानबिन थालेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गरेका छन् ।

उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् । संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

रास्वपाबाट निर्वाचित भएकी हुँदा उपसभामुखको विवादले पार्टीलाई पनि असर गरेको छ । यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको आरोपसमेत लागेको छ । तर, पार्टीका नेताहरू यो स्वीकार्दैनन् ।

उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ ।

अर्यालले भने, ‘नेपालको क्याबिनेटबाटै निर्णय भएर मन्त्रीहरू बाहिर जाँदा पनि सँगै जाने मान्छेहरूलाई भिसाको इन्टरभ्यूका लागि सिफारिस लेख्ने चलन रहेछ । उहाँले लेख्नु सही थियो वा थिएन भन्ने आफ्ना ठाउँमा छ, तर यो त्यति ठूलो विषय होइन ।’

आफूले उपसभामुख रानासँग सोधपुछ र छलफल पनि गरिरहेको उनले जानकारी दिए ।

‘उहाँले गलत नियतले पत्र नलेखेको बताउनुभएको छ । एउटै प्रोग्राममा जाने भएकाले आफूलाई पनि सहयोग हुन्छ भनेर अन्तरवार्ताका लागि डेट दिन लेखिदिनुभएको रहेछ । डेट लिन एकदमै गाह्रो हुन्छ नि अमेरिकी दूतावासमा । तर, उहाँले सिफारिस गरेका मान्छेहरुले अन्तरवार्ता दिन पाएनन् भन्ने बुझेको छु’, अर्यालले भने ।

यो कार्यमा कुनै आर्थिक लेनदेन नदेखिएको उनको दाबी छ ।

‘आर्थिक लेनदेनका कुराहरू अहिलेसम्म केही पनि भेटिएको छैन । पार्टीको तर्फबाट अध्ययन त गरिहाल्छौं । तर, अहिलेसम्म कुनै पनि लेनदेनको जानकारी छैन,’ अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु